नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँड, १८ प्रतिशत अवितरित

0
Shares

नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले जारी गरेको ऋणपत्र बाँडफाँड भएको छ। ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले चैत ५ गते उक्त ऋणपत्र बाँडफाँड भएको जनाएको हो।

क्यापिटलका अनुसार सर्वसाधारण लगानीकताको तर्फबाट १ हजार २३८ वटा तथा व्यक्तिगत तवरबाट १७ वटा आवेदन गरि रितिपूर्वक आवेदन परेका कूल १ हजार २८५ वटा आवेदलाई २० लाख ३३ हजार ८८८ कित्ता ऋणपत्र बाँडफाँड भएको हो।सर्वसाधारण लगानीकर्तालाई छुट्टाएको सबै बिक्री नहुँदा व्यक्तिगत तवरबाट समेत गरि सो परिमाणमा ऋणपत्र बिक्री भएको क्यापिटलको भनाई छ।

बैंकले कूल २५ लाख ऋणपत्र बिक्रीमा ल्याएकोमा ४ लाख ६६ हजार ११२ कित्ता ऋणपत्र भने अवितरित भएको छ। प्रतिशतका आधारमा यो कूल निष्काशनको १८.६४ प्रतिशत हुन आउँछ। 

बैंकले गत माघ २८ गतेदेखि फागुन २८ गतेसम्म २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गरेको थियो। जसमध्ये ६० प्रतिशत (१५ लाख कित्ता) व्यक्तिगत तवरबाट र ४० प्रतिशत (१० लाख कित्ता) सर्वसाधारण लगानीकर्तालाई आवेदन गर्न पाउनेगरि निष्काशनमा ल्याइएको थियो।

सम्पूर्ण ऋणपत्र बिक्री नभएपश्चात बैंकको जारी ऋणपत्रको आकार २ अर्ब ३ करोड ३८ लाख ८८ हजार रुपैयाँमा सीमित बनेको छ। बैंकले निष्काशन गरेको १० वर्ष अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन्।

प्रकाशित मिति: ७ चैत २०७६, शुक्रबार  १२ : ५५ बजे