आगामी आर्थिक वर्षको बजेट तर्जुमा कार्य प्रारम्भ, अर्थ मन्त्रालयले माग्यो सुझाब

0
Shares

अर्थ मन्त्रालयलले आर्थिक वर्ष २०७७/७८ को बजेट तर्जुमा सम्बन्धी कार्य प्रारम्भ गरेको छ । जसका लागि मन्त्रालयले सरोकारवालासँग सुझाब माग गरेको हो।

कोरानो भाइरसको विश्वव्यापी संक्रमणबाट अर्थतन्त्र प्रभावित भैरहेका बेला सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको सुरुवात गरेको हो ।

अर्थ मन्त्रालयले बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्ना अमूल्य सुझावहरु बैशाख ५ गतेभित्र उपलब्ध गराउन भनेको छ । अर्थले यस अघि नै बजेटबारे आन्तरिक छलफल भने अघि बढाईसकेको थियो ।

अर्थ मन्त्रालयले विभिन्न संघ, संस्था, वुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकहरुबाट सुझाब माग गरेको छ । मन्त्रालयको वेवसाइट, बजेट सजेशन ट्याब तथा इमेलबाट सुझाव पठाउन सकिने मन्त्रालयले जनाएको छ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५९ अर्ब ६ करोड ९६ लाख रुपैयाँको बजेट सीमा (सिलिङ) तोकेको छ । चालु खर्च १० खर्ब १ अर्ब ३५ करोड ८४ लाख, पूँजीगततर्फ ५ खर्ब ४५ अर्ब ९० करोड ११ लाख र वित्तीय व्यवस्थापनमा २ खर्ब ११ अर्ब ८१ करोड २ लाख रुपैयाँ छ ।