लामो समयपछि भारतीय शेयर बजारमा सुधार, एशियाका अधिकांश बजार बढे

0
Shares

भारतीय शेयर बजारमा धेरै लामो समयपछि उच्च अंकको सुधार आएको छ । बिहिबार अमेरिकी पूँजी बजारमा उच्च अंकको सुधार आएपछि त्यसको सकारात्मक प्रभाव भारतीय बजार पनि देखिएको हो ।

शुक्रबार बम्बई स्टक एक्सचेन्स परिसूचक सेन्सेक्स १६१७.२३ अंकले वढेको छ भने नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी ४८२ अंकले वढेर बन्द भएको छ ।
फैलदो कोरोना भाइरसको त्रासले निरन्तर ओरालो लागेको भारतीय शेयर बजार शुक्रबार वढेको हो । कोरोनाका कारण भारतीय शेयर बजार सेन्सेक्स करिब ६ हजार अंकले घटेको थियो।

शुक्रबार भारुको तुलनामा अमेरिकी डलर झनै बलीयो भएपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो । शुक्रबार एक अमेरिकी डलर बरावर ८५ रुपैयाँ भारु पुगेको छ । भारु अमेरिकी डलरको सामु हालसम्मकै कमजोर अवस्थामा पुगेको हो ।

शुक्रबार बम्बई स्टक एक्सचेन्ज परिसूचक सेन्सेक्स १६१७.२३ अंकले वढेर २९९०५.४६ अंकमा पुगेको छ भने नेशनल स्टक एक्सचेन्ज निफ्टी ४८२ अंकले वढेर ८७४५.४५ अंकमा पुगेको छ । शुक्रबार सेन्सेक्समा सुचिकृत ३० कम्पनी मध्ये धेरैको शेयर मूल्य बढेकोे छ । शुक्रबार एशियाका अधिकासं शेयर बजारमा सुधार देखिएको छ ।

शुक्रबार रिलायन्स इण्डष्ट्रिज (आरआईएल) मा मुकेस अम्वानी, उनकी पत्नी र उनका बच्चाहरुको व्यक्तिगत हिस्सेदारी वढाएको एक दिन पछि नै करिब ४ प्रतिशत भन्दा धेरैको सुधार आएको हो । शुक्रबार मुम्बइ स्टक एक्चेन्जमा आरआईएलको शेयर मूल्य ८.३६ प्रतिशतले वढेर ९९३ भारु प्रति कित्ता पुगेको छ । तर, नेशनल स्टक एक्सचेन्जमा भने आरआइएलको प्रतिकित्ता शेयर मूल्य ४.३६ प्रतिशतले वढेर ९५७.७५ भारतीय रुपैयाँ पुगेको छ ।