अनावश्यक भण्डारण रोक्न ग्यास किन्ने ग्राहकको विवरण राख्ने व्यवस्था

0
Shares

नेपाल ग्यास उद्योग संघले अनावश्यक भण्डारण रोक्न ग्यास किन्ने ग्राहकको विवरण राख्ने व्यवस्था गरेको छ।

एलपि ग्यासको अत्याधिक मात्रमा माग भई असहज परिस्थिति सृजना भएको भन्दै संघले यो व्यवस्था गरेको हो।

संघका अनुसार बिक्रेताले बिक्री गरेको ग्यासको संख्या, मौज्दात, उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण सम्वन्धित उद्योगलाई दैनिक रुपमा लिखित जानकारी गराउने व्यवस्था गरिएको जनाएको छ।

नेपाल आयल निगमले निधारण गरको उपभोक्ता मूल्यमा मात्र एलपि ग्यास बिक्री गर्ने साथै नयां सिलिण्डर विक्री हाललाई पूर्ण रुपमा बन्द गरिएको पनि संघले जनाएको छ। संघले उपभोक्तालाई घरमा बढीमा २ सिलिण्डर भन्दा बढि नराख्न आग्रह समेत गरेको छ।

प्रकाशित मिति: ८ चैत २०७६, शनिबार  १६ : २८ बजे