भारतमा सेनिटाइजर र साबुनको मूल्य १५ प्रतिशतले घटाईयो

0
Shares

भारतमा सेनिटाइजर र साबुनको मूल्य १५ प्रतिशतले घटेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारणले उच्च माग रहेको सेनिटाइजर र साबुनको मुल्य घटाएको उत्पादक कम्पनीहरुले जनाएका छन् ।

हिन्दुस्तान युनिलीभर, गोदरेज कन्ज्यूमर तथा पतन्जली कम्पनीले कोरोना भाइरसको संक्रमण रोक्न मद्दतगर्ने गरी उत्पादन वढाउने र मूल्य घटाउने निर्णय गरेका हुन । 

हिन्दुस्तान यूनिलिभर ले कोरोना भाइसरको संक्रमण संग लड्नका लागि एकसय करोड भारतीय रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन ।

यूनिलीभरले सार्वजानिक हितका लागि लाइफब्वाई सेनिटाइजर, लाइफब्वाई लिक्विड हेण्डवास र डोमेक्स फ्लोर क्लीनरको मूल्य १५ प्रतिशतले घटाएको जानकारी दिएको भारतीय मिडियाले जनाएका छन् ।

आगामी केही सातादेखि यो घट्दो मूल्यमा उतपादन भएको उत्पादन बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै समाजको जरुरत वर्गका लागि २ करोड लाएफब्वाइ साबुन वितरण गर्ने समेत जनाएको छ ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक संञ्जिव मेहताले भने,“यस्तो अवस्थामा कम्पनीले ठुलो भुमिका रहने हुन्छ, यो विश्वव्यापी संकटको अवस्थामा सरकार तथा साझेदारहरुसंग सहकार्य गरेर अघि वढीरहेका छौ ।”

त्यसैगरी पतन्जली आयुर्वेदले पनि एलोभेरा तथा हल्दी–चंदन साबुनको मूल्यमा १२.५ प्रतिशतले घटाएको छ । कम्पनीले विश्व संकटको अवसरमा भारतीयलाई कोरोना विरुद्ध लड्न मद्दत पुग्ने हुनाले यस्तो निर्णय लिएको जनाएको छ । त्यसका साथै गोदरेजले पनि कच्च पदार्थमा भएको मूल्य वृद्धिको लोड ग्राहकवर्गमा ट्रान्सफर नगर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति: ८ चैत २०७६, शनिबार  १६ : ३५ बजे