भारतीय शेयर ब्रोकरले पहिलो पटक घरवाटै काम गर्ने, नेपालमा के होला?

0
Shares

भारतीय शेयर बजारमा कारोबार गर्ने धितोपत्र दलाल कम्पनीलाई इतिहासमा पहिलो पटक ‘बर्क फ्रम होम’ आर्थात घरवाटै काम गर्ने अनुमती मिलेको छ।

कोरोना भाइसरको संक्रमण फैलनवाट बचाउनका लागि दलाल कम्पनीलाइ घरवाट काम गर्न सक्ने व्यवस्था भएको हो।

ब्रोकर फर्मका डिलर तथा कर्मचारीलाइ घरवाट पनि कारोबार प्रणाली प्रयोग गर्न सक्ने अस्थाइ अनुमती दिइएको हो। कोरोना संक्रमण नियन्त्रण गर्नका लागि धितोपत्रको कारोबार पनि होस र संक्रमण पनि नफैलियोस भनेर यस्तो कदम चालिएको हो। यो व्यवस्थाले लगानीकर्तालाई शेयर खरिद बिक्री गर्न तथा कारोबार राफसाफ गर्नका लािग पनि सहज होस भनेर यस्तो व्यवस्था गरिएको हो। यो सुविधा अप्रिल ३, तारिक सम्मका लागि मात्र हो। तर, आवश्यक परेको खण्डमा यो समय सीमा लम्बाइन सकिने समेत जनाइएको छ।

धितोपत्र बजारको नियम अनुसार धितोपत्र बजारका सदस्यले तोकिएको स्थानवाट मात्र शेयरको खरिद बिक्री गर्न सक्ने व्यवस्था रहेको छ। ठूला धितोपत्र दलाल तथा विदेशी लगानी व्यवस्थापक कम्पनीहरुले घरवाट नै काम गर्न सकिने व्यवसथा गरीदिन सम्बन्धित स्टक एक्सचेन्जलाई अनुरोध गरेका थिए।

नेपालमा के हुन्छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा विशेष सम्बोधन गर्दै आइतबारदेखि अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने घोषणा गरेपछि नेपालको शेयर बजार बन्द हुने खबरहरु सार्वजनिक भएका छन् । यता अत्यावश्यक सेवामा परेका बैंक तथा वित्तीय संस्थाहरु संचालन हुने भएपछि शेयर कारोबार समेत सुचारु गर्नुपर्ने आवाजहरु सुनिन थालेका छन् ।

शेयर दलाल तथा ठूला लगानीकर्ताहरुले बजार बन्द गर्नुपर्ने तर्क गरिरहदा केहि लगानीकर्ताहरु भने अनलाइन कारोबार सुचारु गर्नुपर्ने बताइरहेका छन् ।नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेले आधिकारिक निर्णय सार्वजनिक गरिसकेका छैनन् । यस सन्दर्भमा आइतबार विहान सरोकारवालहरुले छलफल गर्ने बताइएको छ।