सेबीद्धारा शेयर बजारको उतार-चढाव नियन्त्रण गर्न ‘सर्ट सेलिङ’मा कडाई

0
Shares

भारतीय शेयर बजारको नियामक निकाय भारतीय प्रत्याभुती तथा विनिमय बोर्ड(सेबी)ले सोमबारदेखि लागु हुने गरी सर्ट सेलिङमा कडाई गरेको छ ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै समस्यामा पर्ने भएपछि भारतीय शेयर बजारमा आएको अस्वभाविक गिरावटलाई नियन्त्रण गर्न सेबीले यस्तो व्यवस्था गरेको हो ।

सेबीले भारतीय शेयर बजारमा आएको उतारचढावलाई नियन्त्रण तथा व्यवस्थीत गर्नका लागि चालेको कदममा डेरिवेटीभ क्षेत्रकमा उपलब्ध हुने शेयर सम्झौताको सीमा पनि रहेको छ । त्यसका साथै शेयर बजारका मागका आधारमा शेयर मूल्य घटाउने बढाउने व्यवस्था पनि केही लचीलो उपाय अबलम्बन गरेको छ ।

सेबीको यो व्यवस्थाले सर्ट सेलिङमा कडाई हुने तथा व्यक्तिगत शेयरको मूल्यमा आउने उतारचढावमा पनि कमी आउने भएको हो । कोरोना भाइरसको कारण पुँजी बजारमा देखिएको उच्च उतारचढावको समयमा सेबीले बजारलाइ नियन्त्रण गर्नका लागि यस्तो उपाय अबलम्बन गरेको हो । लगानीकर्ताले शेयरको मूल्य वढेको समयमा शेयर नभए पनि बिक्री गर्ने र घटेको समयमा शेयर किनेर राफसाफ गर्ने गर्छन त्यसलाइ सर्ट सेलिङ भनिन्छ ।

कोरोना भाइरसको महामारीले विश्व भरको आर्थिक क्रियाकलापलाइ समेत असर गरिरहेको छ । सेबीले बजारमा आधारीत सीमा घटाएको छ । यसको अर्थ सोमबारदेखि फ्यूचर र विकल्प शेयरको कारोबार तोकिएको सिमामा रहेर हुनेछ ।

यसका साथै सर्ट सेलिङको लागि ५०० करोड भारतीय रुपैयाँको सीमा रहेको थियो । यसलाइ हटाइएको छ । अब यदि कसैले ५०० करोड भारतीय रुपैयाँको सीमा भन्दा माथि लगानी गर्न खोजेको खण्डमा दुईगुणा मार्जिन तिन महिनाको लागि मात्र उपलब्ध हुने सैमक सेक्यूरीटीजका संस्थापक तथा प्रमूख कार्यकारी अधिकृत जिमीत मोदीले इकोनोकिम्स टाइम्स अफ इण्डियालाई बताएका छन । यो केही वर्ष पहिले बजारको निगरानीमा राख्नका लागि प्रयोग गरिएको व्यवस्था हो ।

भारतीय शेयर ब्रोकरले पहिलो पटक घरवाटै काम गर्ने, नेपालमा के होला?

अहिलेको बजारको अवस्थालाइ नियन्त्रण गर्नका लागि लिनु पर्ने आवश्यक कदम चाल्नु भन्दा अघि स्टक एक्सचेन्ज, क्लियरीङ कर्पाेरेसन तथा डिपोजिटरी संस्थाहरुसंग प्रयाप्त छलफल गरेर लिएको सेबीले जनाएको छ ।

साथै सेबीले डेरिवेटिभ क्षेत्रमा खुलेको शेयर सम्झौताको सीमा पनि बढाएर ५० प्रतिशत बनाएको छ । यसभन्दा अघि डेरिवेटिभ बजारमा यस्तो व्यवस्था कुल बजार पुँजीकरणको २० प्रतिशतले हुन आउने रकम बरावरको मात्र थियो । आगामी दिनमा पनि सेबीले बजारको अवस्था अनुसार आवश्यक कदम चाल्ने तथा बजारको अवस्थालाइ नजिक बाट अनुगमन गरीरहने जनाएको छ ।