शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश स्वीकृत

0
Shares

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांशलाई राष्ट्र बैंकले स्वीकृती दिएको छ।

बैंक सञ्चालक समितिको चैत १ गते सम्पन्न २१४ औं बैठकले आव २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार १२३ रुपैयाँको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

यसअनुसार बैंकले ३९ करोड ३४ लाख ३५ हजार ६१८ रुपैयाँको बोनस बाँड्नेछ।

प्रस्तावित लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन्। बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६३ लाख ३९ हजार ७४२ रुपैयाँ कायम हुनेछ।