नेको इन्स्योरेन्सको लाभांश परिमार्जन, बीमा समितिको संसोधन पश्चात घट्यो

0
Shares

नेको इन्स्योरेन्सको नगद लाभांश घटेको छ। कम्पनी सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरि स्वीकृतिको लागि बीमा समिति पठाएकोमा समितिले लाभांश परिमार्जन गरि स्वीकृति दिएको हो।

बीमा समितिले कम्पनीलाई कर सहित ८.१६ प्रतिशत (१० करोड ७४ लाख ७४ हजार ७०० रुपैयाँ) लाभांश वितरण गर्न स्वीकृति दिएको हो। गत पुस २० गते सम्पन्न सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। यसअनुसार शेयरधनीले ०.२६ प्रतिशत कम लाभांश पाउनेछन्।

प्रस्तावित लाभांश २०७७ बैशाख १ गते आयोजना हुने कम्पनीको आगामी २४ औं साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ।

कम्पनीले चैत २४ गते सोमबारदेखि साधारण सभाको मितिसम्म शेयर दाखिला खारेज गर्ने भएको छ। यसअनुसार चैत २३ गतेसम्म कायम रहने शेयरधनीले उक्त लाभांश पाउनेछन्।

इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार ८०८ रुपैयाँ छ।

प्रकाशित मिति: ९ चैत २०७६, आइतबार  १४ : ०३ बजे