बैंकहरुले घरबाट काम गर्ने वा सिफ्ट अनुसार कर्मचारीलाइ प्रयोग गर्न सक्ने

0
Shares

कोरोना भाइरसको संत्रास बढेसँगै बिभिन्न सेवाहरु बन्द भएपनि बैंकिङ सेवा भने यथावत रहने भएको छ । नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै बैंकिङ सेवा बन्द नगर्न निर्देशन दिएको हो ।

सूचना अनुसार नेपाल राजपत्रमा उल्लेख भए अनुसार आवश्यक सेवा भएकाले बैंकहरु बन्द हुने छैनन् । साथै राष्ट्र बैंकले कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको ब्यापार निरन्तरतालाई मध्यनजर गर्दै सकेसम्म कम कर्मचारी राखी सेवा दिन भनेको छ ।

यसकालागि रिमोट एक्सेस, घरबाटै काम तथा सिफ्टमा संचालनको ब्यबस्था गर्न पनि सूचनामा उल्लेख गरिएको छ ।

बैंकिङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा संक्रमणलाई न्यूनकरण गर्न सूरक्षाका सबै उपायहरु अपनाउन पनि अनिवार्य गरेको छ । राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहित गरेको छ ।