कोरोना लागेपछि जर्मन चान्सलर एन्गेला मर्केल आईसोलेसनमा

0
Shares

जर्मन चान्सलर एन्गेला मर्केल पनि क्वारेन्टीनमा पर्ने भएकी छिन्। उनको निजी चिकित्सकलाई कोरोना परीक्षण संक्रमण देखिएको जर्मनीका सञ्चार माध्यमलले जनाएका छन्।

शुक्रबार गरिएको कोरोना परिक्षणमा मर्केलको चिकित्सकलाई कोरोना संक्रमण पुष्टी भएपछि मर्केलले सरकार प्रमुखको काम घरबाटै गर्ने गरी आईसोलेसनमा बसेको जनाइएको छ। चान्सलर मर्केलललाई ति चिकित्सकले दुई दिन अगाडि मात्रै भेटेका थिए।

अहिले मर्केलको स्वास्थ्य परिक्षण गरिएको छ तर उनलाई कोरोना भए नभएको रिपोर्ट प्राप्त नभएको अल्जजीराले जनाएको छ।

कोरोनाभाइरस महामारी फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागु गरेको छ।

जर्मनीले कोरोनाभाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक अन्तर्क्रियाहरूमा थप रोक लगाउँदै दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ।

‘नयाँ नियमहरू निकै नै कडा छन्। सार्वजनिक स्थानमा एक अर्काभन्दा डेढ मिटर, अझ दुई मिटरको दूरीमा रहनुपर्ने अनिवार्य गरिएको छ। तपाइँ कार्यालय वा चिकित्सककहाँ जान सक्नुहुन्छ र स्वच्छ हावाका लागि एक्लै बाहिर निस्किन सक्नुहुन्छ। अन्य लगभग सबै सार्वजनिक जमघट प्रतिबन्धित गरिएको छ,’ संवाददाता डेमियन मक्गिनेजले बताए।

युरोपको सबभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणका १८,६१० घटना पाइएका छन्। उक्त भाइरसको सङ्क्रमणबाट लाग्ने रोग कोभिड(१९ ले त्यहाँ ५५ जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: १० चैत २०७६, सोमबार  ०७ : ३३ बजे