कोरोनाबिरुद्ध लड्न एनआरएनएको १ करोड सहयोग घोषणा

0
Shares

कोरोना महामारीसंग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोगको घोषणा गरेको छ। गैरआवासीय नेपाली संघको आइतबार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए।

यसअघि संघले कोरोना भाइसर पीडितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति गठन गरेको थियो।

बैठकले संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पीडित राहतकोष संकलन समिति गठन भएको छ भने उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामाग्री सहयोग संकलन उपसमिति गठन भएको छ।

संघले विश्वभर छरिएका आफ्ना शाखा मार्फत कोरोना पीडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी गरेको छ।

यस्तै बैठकले संघको आर्थिक, कर्मचारी, प्रोटकल सम्बन्धी आधार दर्जन भन्दा बढी नियमावलीहरु पारित गरेको संघले जनाएको छ। बैठकले संघको विस्तृत आर्थिक लेखापरिक्षण (डिडिए) को रिपोटलाई सार्वजनिक गर्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई अख्तियारी दिएको छ।

बैठकले राष्ट्रिय समन्वय परिषदले गैरआवासीय नेपाली संघसँग आबद्द हुन मापदण्ड सहितको सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: १० चैत २०७६, सोमबार  ०९ : ३८ बजे