कृषि विकास बैंकद्धारा कोरोना रोकथामका लागि एक करोड २५ लाख सहयोग

0
Shares

कृषि विकास बैंकले कोरोना कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले नेपाल सरकारद्धारा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा एक करोड पच्चिस लाख आर्थिक सहयोग उपलव्ध गराएको जानकारी दिएको छ।

बैंकले कोभिड–१९ कोरोना नामक भाईरसले आम विश्वसमुदायलाई त्रसित बनाई रहेको यस अवस्थामा नेपाल र नेपाली जनता पनि उच्च जोखिममा रहेको यस विपतको घडीमा कोभिड–१९ कोरोना नामक भाईरस संग सावधानि पूर्वक डटेर सामाना गर्नका लागि आग्रह गरेको छ ।

साथै व्यक्तिगत सुरक्षा सामाग्री, स्वास्थ्य उपकरण, नमूना परिक्षण किट र क्वारेण्टाईन लगायत अत्यावश्यक सामग्री स्वास्थ्य व्यवस्थाको उचित प्रबन्ध मिलाउन आग्रह गर्दै उक्त विपतको कारणबाट ज्यान गुमाउनेहरु प्रति चिर शान्तिको कामना गर्दै, विरामीहरुको शिघ्र स्वास्थ्यको लाभको कामना समेत गरेको छ ।