कोरोना राहतकोष स्थापना गरेकाले प्रत्येक हप्ता केन्द्रीय कोषमा रकम जम्मा गर्नुपर्ने

0
Shares

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा मंगलबार सम्पन्न कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अन्य संघसंस्थाहरुबाट खोलएका कोरोना राहत कोषको रकम प्रत्येक हप्ता केन्द्रीय कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ।

मंगलबारको बैठकले गरेका निर्णयहरुको जानकारी दिँदै सरकारकारका प्रवक्ता, अर्थमन्त्री तथा सुचना तथा सन्चारमन्त्री समेत रहेका डा. युवराज खतिवडाले कोषहरुको स्थापनाका सम्बन्धमा सरकारले नै कोष स्थापना गरिसकेको सन्दर्भमा अरु सबै संस्थाहरुले यहि कोषमा जम्मा गर्न राम्रो हुने भन्दै प्रत्येक हप्ता केन्द्रीय कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए।

उनले हालसम्म कुनै संस्थाहरुले कुनै कोष खडा गरिसकेको अवस्थामा सो कोषमा आफु मातहतको संस्थाको मात्र कर्मचारी, निकाय वा व्यक्तिहरुको मात्रै संकलन गर्न पाउने निर्णय गरेको बताए।

त्यसैगरि कोरोना संक्रमणको लक्षण देखिएमा परीक्षणका लागि तत्काल धुलिखेल, विपि केयर र वीर अपस्तालमा यन्त्र उपकरण जडान गर्ने तथा यसलाई प्रदेश स्तरमा नै टेष्ट ल्याव स्थापना नहुँदासम्म छिटो सवारीको माध्यमबाट केन्द्रीय प्रयोगशाला टेकुमा परीक्षण गराउने व्यवस्था गर्ने निर्णय गरेको छ।

यस्तै बैठकले सुरक्षा सम्बन्धि निकाय र सीमाक्षेत्रका गतिविधिमाथि विश्लेषण गरि पुर्व सूचना नपाएर अथवा कतिपय कारणले यात्रा कायमै राखेर भारतबाट नेपाल आउनका लागि सीमा क्षेत्रमा धेरै नेपालीहरु बसेकाले बीच बाटोमै अलपत्र नपरुन् भन्नका लागि आज अन्तिम पटक नेपाल प्रवेशको अनुमति दिन र यसरी आउनेका लागि १४ दिन क्वारेन्टाइन बस्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर अनिवार्य रुपमा सुरक्षित ढंगले राख्नुपर्नेगरि सीमामा जम्मा भएकाहरुलाई नेपाली नागरिकता वा आधिकारिक पमाणपत्र हेरेर छोड्ने निर्णय गरेको छ।

आजको बैठकले स्वास्थ्य उपकरण तथा सामागीहरुको स्थानीय बजारमा आपुर्ति नभएको कारणले विदेशी बजारबाट ल्याउनसक्ने निजीक्षेत्रका व्यवसायीहरुलाई आह्वान गर्ने र निश्चित दिनभित्रमा यस्ता उपकरणहरु ल्याउनसक्नेहरुको समन्वयबाट आपूर्तिलाई व्यवस्थित गर्ने निर्णय गरेको छ।

सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सवारीसाधन नचलाउन गरेको आह्वान (लकडाउन) मा सहयोग गरेर सरकारलाई सहयोग गरेकोमा धन्यवाद समेत दिएको छ।

यसअघि मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन तथा सोको रोकथाम एव नियन्त्रणका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १९६०००००११०१ खाता नम्बरमा कोष खडा गरेको थियो।

कोषमा राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री, मन्त्रीहरु, केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्य लगायतले पनि लगायतले पनि १ महिनाको पारिश्रमिक योगदान गरेका छन। सो कोषमा विभिन्न सरकारी तथा नि सरकारी तथा निजी संघसंस्थाबाट करिब १० करोड रकम संकलन भैसकेको छ।