अमेरिकामा कोरोनाबाट एक नेपालीको ज्यान गुम्यो

0
Shares

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट अमेरिकाको न्यूयोर्क शहरमा एक नेपाली पुरुषको सोमबार मृत्यु भएको छ ।

कोरोना संक्रमण पश्चात अस्पतालमा उपचाररत ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्क शहरमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ। सुब्बाको जन्मथलो पाँचथर जिल्ला रहेको छ। उनी श्रीमती, एक छोरा र दुई छोरी गरि तीन सन्तान सहित अमेरिकामा बस्दै आइरहेका थिए।

अमेरिकामा कोराना संक्रमणबाट मृत्यु हुने सुब्बा पहिलो नेपाली नागरिक रहेको बताइएको छ। 

अमेरिकाको अन्य शहरहरुको तुलनामा न्युर्योकमा कोरोना संक्रमणको दर पाँच गुणा बढी रहेको छ। अन्य शहरहरुमा एक सय जनाको परिक्षणमा ८ जनामा यस्तो संक्रमण पाइएकोमा न्युर्योकमा भने २८ जनामा पोजेटिभ देखिएको मंगलबार अमेरिकी राष्टपति सहितको पत्रकार सम्मेलनमा अमेरिकी स्वास्थ्यविज्ञले जानकारी दिएका हुन्।

अमेरिकामा मंगलबार दिउँसोसम्म ४६ हजार ४४२ बढी संक्रमित भएको तथ्य बाहिर आएको छ भने ५९० जनाले ज्यान गुमाइसकेका छन्।

यसअघि ६६ वर्षीय गोर्खा सैनिक लीलाबहादुर राईले बेलायतको लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा  ज्यान गुमाएका थिए। संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भएका उनी लण्डनको साउथ ह्यारोमा बस्दै आएका थिए।

प्रकाशित मिति: ११ चैत २०७६, मंगलबार  १९ : १४ बजे