कारोना त्रासका बाबजुद पनि भारतीय शेयर बजारमा उच्च अंकको सुधार, राहत प्योकजको अपेक्षा


विश्व व्यापी रुपमा फैलिएको कारोना भइरसका कारण संसरभरका शेयर बजारमा निरन्तर गिरावट आइरहेको अवस्थामा मंगलबार भने भारतीय तथा केही एसियाली पुँजी बजारमा सुधार आएको छ । सोमबार एतिहासीक रुपले घटेको भारतीय शेयर बजारले मंगलबार सुधारको गती लिएको हो ।

सोमबार अमेरिकाको केन्द्रीय बैंकले कोरोनाले अर्थतन्त्र प्रभावित भएपनि चलायमान बनाइराख्नका लागि आवश्यक फण्ड उपलब्ध गराउने जनाएको छ । त्यसका साथै कम्पनीहरुलाई आवश्यकता अनुसार पैसा दिइने जनाएपछि त्यसको प्रभाव विश्वभरका अधिकासं शेयर बजारमा देखिएको छ । मंगलबार विश्वका धेरै शेयर बजारमा सुधार आएको छ । अमेरिकाले चालेको कदम अनुसार अन्य देशमा पनि सरकारी तवरवाट राहत पउने अपेक्षमा गर्दै सेयर लगानीकर्ताको मनोवलमा केही सुधार आएको देखिन्छ ।

सोमबार सर्किट ब्रेक लगाउन पर्ने गरी घटेको भारतीय शेयर बजार मंगलबार कारोबार सुरु भएदेखि निन्तर सुधारको गतीमा देखिएको हो । मंगलबार भारतकी अर्थ मन्त्री निर्मला सितारमणले पनि शेयर बजारका लागि राहत प्योक दिने संकेत देखाएपछि समग्र बजारमा सुधार आएको हो । तर, उनले अर्थतन्त्रका लागि तत्काल फाइनान्सीय राहको जरुरी भैनसकेको बताएकी छन ।

मंगलबार बम्बई स्टक एक्सचेन्ज परिसुचक सेनसेक्स ६९३ अंकले वढेर २६६७४.०३ अंकमा पुगेको छ भने नेशन स्टक एक्सचेन्ज परिसुचक निफ्टी पनि २४७ अंकले वढेर ७८५६.८० को विन्दुमा पुगेको छ । मंगलबार भारतीय शेयर बजारमा आइटी कम्पनीको शेयर मूल्यमा उच्च सुधार आएपछि समग्र बजार सूचकहरु वढेका हुन ।