देउराली जनताले निःशुल्क औषधि उपलब्ध गराउने

0
Shares

नेपाली औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले सरकारले आवश्कता ठानी माग गरेको खण्डमा निःशुल्क औषधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले हाइड्रोक्सीक्लोरोक्वाइन सल्फेट ट्याब्लेट औषधि उत्पादन गरी निःशुल्क उपलब्ध गराउने बताएको हो । सरकारले माग गरेको अवस्थामा करीब १५ हजार जनाको उपचार गर्न पुग्ने ४ लाख ट्याबलेट उत्पादन गर्ने कम्पनीको भनाई छ ।