सरकारले लकडाउन अवधिभर घुम्ती पसल सञ्चालन गर्ने

0
Shares

सरकारले लकडाउन अवधि (११–१८ चैत मा घुम्ती पसल सञ्चालनमा ल्याउने भएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिने उद्देश्यले सरकारले घुम्ती पसल सञ्चालनमा ल्याउने भएको हो । घुम्ती पसल सञ्चालनमा ल्याउने विषयमा मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडको मोबाइल भ्यानबाट अत्यावश्यक वस्तुको ढुवानी गर्ने निर्णय भएको हो ।

त्यसो गर्दा पसलहरूमा भिडभाड नहुने र भिडभाड कम गर्न सकेमा कोरोना भाइरस संक्रमण थप नफैलिने विश्वास मन्त्रालयले लिएको जनाएको छ ।

‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा सञ्चालित पसलहरू यथावत् सञ्चालन गरिनेछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘आवश्यकताअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट मोबाइल भ्यानहरूबाट खाद्यवस्तु बोकी घुम्ती पसल सञ्चालन गरिनेछ ।’

मंगलबारको बैठकबाट मन्त्रालयले देशैभर गरिएको लकडाउनको अवस्थामा अत्यावश्यक वस्तुहरूको आपूर्ति व्यवस्था जारी राख्ने जानकारी गराएको छ ।

 

प्रकाशित मिति: १२ चैत २०७६, बुधबार  ०७ : ४९ बजे