एटीएम बुथ नभएका शाखाहरु सीमित अवधि खुल्ने, ’डिजिटल बैंकिङ’ मा जोड

0
Shares

नेपाल बैंकर्स संघले एटीएम बुथ नभएका शाखाहरु सीमित अवधिका खोल्ने जानकारी गराएको छ । संघले आफ्ना सदस्य बैंकहरुलाई जारी गरेको निर्देशन अनुसार एटीएम नभएका शाखा हरेक दिन ११ बजेदेखि १ बजेसम्म खोल्ने जनाएको छ।

संघले एटीएम भएका शाखाहरु भने बन्द गर्ने भएपनि एटीएम सेवा निरन्तर सञ्चालन गर्ने संघको भनाई छ। त्यसैगरी शाखा कार्यालयहरुले आकस्मिक अवस्थामा सम्पर्क गर्नको लागि दुई जना सम्पर्क व्यक्ति तोक्ने निर्णय भएको संघले जनाएको छ।

अहिले बैक तथा वित्तीय संस्थामा तीन हजार ६६२ वटा एटीएम सञ्चालनमा छन्। यसमध्ये तीन हजार २७४ शाखा बाणिज्य बैंकहरुको मात्र छ।