नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या ३ पुग्यो, बुधबार थप एकमा पुष्टि

0
Shares

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुने बुधबार थप एक नयाँ व्यक्ति भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।

शुक्रराज ट्रपिकल अस्पताल टेकुमा कोरोना संक्रमित अर्को विरामी भेटिएको हो। स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ।  कोरोना संक्रमित भएका ३ मध्ये एकजना निको भइसकेका छन् भने दुई जनामा भने पोजेटिभ नै रहेको छ।

नेपाल हालसम्म ६८७ जनाको नमूना परीक्षण गरिएको छ। जसमध्ये ६६४ मा नेगेटिभ पाइएको छ।

यसअघि फ्रान्सबाट चैत ४ गते कतार एयरबाट फर्किएकी १९ वर्षे युवतीमा चैत ९ गतेको परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति: १२ चैत २०७६, बुधबार  १२ : ३२ बजे