स्वास्थ्य मन्त्रालयले माग्यो १३४ कर्मचारी

0
Shares

विश्वभरि फैलिएको कोरोना भाइरसबाट नेपाली जनतालाई जोगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कूल १३४ जना कर्मचारी करार सेवा मार्फत भर्ना गर्न सूचना प्रकाशन गरेको छ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै ७ दिनभित्र योग्यता प्राप्त आवेदकहरुबाट दरखास्त दिन आह्वान गरेको हो।

मन्त्रालयले सबैभन्दा धेरै पाँचौं तहका लागि १०० जना स्टाफ नर्स मागेको छ भने आठौं तहको मेडिकल अधिकृत २० जना मागेको छ। यस्तै नवौं तहका लागि जनरल फिजिसियन र एनेस्थेसियोलोजिष्ट ७।७ जना भर्ना गर्ने भएको हो।

प्रकाशित मिति: १२ चैत २०७६, बुधबार  १४ : ४१ बजे