नेपाल टेलिकमका ग्राहकले आज रातिदेखि रिचार्ज बराबरको बोनस पाउने

0
Shares

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरको बोनस रकम दिन सुरु गरेको छ। बुधबार राति १२ बजेदेखि उक्त बोनस सुरु हुनेछ।

टेलिकम प्रबन्धनिर्देशक डिल्ली अधिकारीका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुने गरी रिचार्जबराबरका बोनस दिन सुरु गरिनेछ। यो बोनस सरकारले तोकेको ७ दिने लकडाउन अवधिको लागि मात्र हुनेछ।

मंगलबार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस र ऋणका रुपमा दिइने सापटीलाई २ सय रुपैयाँसम्म पुर्‍याउन निर्देशन दिएको थियो।

हालको लागि रिचार्जबराबरको बोनसमा मात्र दिने टेलिकमले जनाएको छ। लोनमा ग्राहकको खासै रुचि नदेखाएकाले बोनस मात्र दिने भएको हो।

रिचार्ज बराबरको बोनसमा प्राप्त रकमलाई लकडाउन अवधिभरमा सक्नुपर्नेछ। अन्यथा प्राप्त बोनस काटिनेछ।