एक महिनामा एक परिवारलाई एउटा मात्र ग्यास सिलिन्डर

0
Shares

नेपाल आयल निगमले एक महिनामा एक परिवारलाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति ल्याएको छ ।

कोभिड–१९ को असर लम्बिन सक्ने आकलन गर्दै निगमले बजारमा ग्यास अभाव हुन नदिन र प्रभावकारी व्यवस्थापनका लागि नयाँ व्यवस्था लागु गरिएको जनाएको छ ।

निगमले ग्यास डिलरले बिक्रेतालाई ग्यास बिक्री गर्दा मासिक रूपमा ‘एक परिवार, एक सिलिन्डर’को प्रक्रिया अपनाई बिक्रीवितरण गर्न तथा उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बर प्रस्ट खुलेको रेकर्ड राख्न समेत निर्देशन दिएको छ।

साथै ग्यास उद्योगीले आफूसँग भएको ग्यासको सुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा रहेको बुलेटको परिमाण र गोदाममा भरिराखेको सिलिन्डरको परिमाणको अभिलेख राखेर निगममा पठाउन समेत निर्देशन दिएको छ।

प्रकाशित मिति: १२ चैत २०७६, बुधबार  १६ : ३२ बजे