भारतीय शेयर बजारमा उछाल, सेन्सेक्स र निफ्टी दुबै सूचक ७% ले बढे

0
Shares

विश्वभर तीव्र गीतमा फैलिएको कोरोना भाइरसको कारणले शेयर बजारका लगानीकर्ता पनि त्रसिद हुँदा निरन्तर घटेको भारतीय शेयर बजार मंगलबारपछि बुधबार पनि सुधारको गतिमा देखिएको छ ।

सोमबार सर्किट ब्रेक लगाउनुपर्ने गरी घटेको भारतीय शेयर बजार मंगलबार कारोबार सुरु भएदेखि नै निरन्तर सुधारको गतिमा देखिएको थियो । मंगलबारको सुधारको क्रम बुधबार पनि कायम रहेको हो।

भारतकी अर्थमन्त्री निर्मला सितारमणले तत्कालका लागि करका दर तथा करतिर्ने समयमा केही सहजता अपनाइसकेको अवस्थामा अन्य सहुलियत सहितका व्यवस्थाहरु पनि गरिने अपेक्षा लगानीकर्ताको रहेको छ।

भारतीय सरकारले शेयर बजारका लागि पनि राहत प्याकेज ल्याउन सक्ने अपेक्षामा लगानीकर्ताको मनोबल सकारात्मक हुँदा कोरोनाको असरको बाबजुत बजार सूचकहरु बढेका हुन्।

बुधबार मात्रै अमेरिकी सरकारले २ लाख करोडको राहत प्याकेज घोषणा गरेको छ। उक्त प्याकेज अन्तर्गत युवा तथा बच्चालाई नगद दिने तथा साना तथा मझौला कम्पनीलाई दिइनेछ । साना उद्योग व्यवसायले कर्मचारलिाई तलब दिन सहज होस् भनेर यस्तो व्यवस्था गरेको हो । अमेरिकाको यो राहत प्याकेजपछि विश्वका अधिकाशं शेयर बजारमा सुधार देखिएको छ। भारतीय सरकारले पनि यस्तै खालको प्याकेज ल्याउन सक्ने भन्दै शेयर लगानीकर्ताको मनोबलमा सुधार आउँदा भारतीय शेयर बजार सूचक बढेका हुन् ।

बुधबार बम्बई स्टक एक्सचेन्ज परिसूचक सेन्सेक्स १ हजार ८६२ दशमलव ७५ अंकले बढेर २८ हजार ५३५ दशमलव ७८ अंकमा पुगेको छ भने नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी पनि ५१६ दशमलव ८० अंकले बढेर ८ हजार ३१७ दशमलव ८५ को बिन्दुमा पुगेको छ । बुधबार भारतीय शेयर बजारमा बैंक, अटो तथा मेटल कम्पनीहरुको शेयर मूल्यमा उच्च सुधार आएपछि समग्र बजार सूचकहरु बढेका हुन्।

प्रकाशित मिति: १२ चैत २०७६, बुधबार  २० : ५३ बजे