आगामी मंगलबार देखि शेयर बजार न्यूनतम समयका लागि खुल्ने

0
Shares

कोरोना भाइरसको संक्रमण फैलन सक्ने त्रासका कारण बन्द भएको शेयर कारोबार आगामी मंगलबार देखि खुल्ने भएको छ ।

सरोकारवालाहरुको चर्को विरोधपछि ५ कारोबारका दिनका लागि बन्द भएको शेयर बजार मंगलबार देखि निश्चित समयमा लागि खुल्ने भएको हो ।

बुधबार अर्थमन्त्रालयमा भएको उच्च स्तरीय वित्तीय समन्वय समितिको बैंठकले बैंक, बिमा, शेयर बजार, सहकारी, कम्पनी रजिष्ट्रारको कार्यालयमा मार्फत आधारभुत सेवा सकेसम्म प्रदान गर्ने निर्णय भएको छ ।

सोही बैंठकलाई आधार मानेर न्यूनतम कर्मचारीवाट शेयरको कारोबार पनि न्यूनतम समयमा लागि दिइने संकेत देखिएको हो ।

धितोपत्र बोर्डले अहिलेका लागि बन्द रहेको शेयर बजारको सन्दर्भमा कुनै निर्णय नगरेको भएपनि आगामी दिनमा के गर्ने भन्ने सन्दर्भमा मंगलबार निर्णय हुने जनाएको छ ।

सोमबार सम्म बन्द रहेको शेयर कारोबार मंगलबार देखि सिमित कर्मचारी मार्फत सिमित समयका लागि शेयर कारोबार गराइने धितोपत्र बोर्डका एक अधिकारीले बताए । कति समय र कसरी कारोबार गरीने भन्ने सन्दर्भमा कुनै निर्णय नभएपनि शेयर कारोबारको सन्दर्भमा आगामी मंगलबार निर्णय गरेर खुलाइने ति अधिकारीको भनाई छ ।

शेयर खरिद बिक्री पनि आधारभुत सेवा भएकाले यसलाइ पनि सञ्चालन गरीराख्ने प्रयास गरीने त्यसका लागि आवश्यक ढाँचको सन्दर्भमा बोर्डले केही दिनमा निर्धारण गर्नेछ ।

धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज(नेप्से) केन्द्रीय निक्षेप सेवा तथा ब्रोकर लगायत शेयर बजारसंग संघसंस्थाहरुका कर्मचारीमा समेत संक्रमणको त्रास भएको हुनाले उपयुक्त व्यवस्था गरी सिमित अवधिका लागि कसरी कारोबार गर्ने भन्ने विषयमा बोर्डले आगामी दिनमा निर्णय गर्नेछ ।

प्रकाशित मिति: १२ चैत २०७६, बुधबार  २१ : ०८ बजे