गोरखा घ्याल्चोकमा झोलुङ्गे पुलमा बार हालेर लकडाउन

0
Shares

सरकाले चैत ११ गतेदेखि एक साताका लागि सवारी आवागमन बन्द गरिरहेको समयमा गोरखामा भने लकडाउनको फरक अभ्यास गरिएको छ।

गोरखाको घ्याल्चोकमा लकडाउन पालना गर्न स्थानीय झोलुगें पुलमा बार लगाएका हुन् । गाउँमा नयाँ मान्छे आउन नदिन झोलुङ्गे पुलमा बार हालिएको स्थानीय बताउँछन्।

आफ्नो गाउँमा अर्को ठाउँको व्यक्ति आउन नपाओस् र कोरोना संक्रमण नफैलियोस् भनेर यस्तो गरिएको स्थानीयबासि बताउँछन्।

घ्याल्चोक गाउँ जाने झोलुगें पुलमा जस्ताको पातो तेस्र्याएर बाँसमा बाँधिएको फोटो फेसबुकमा शेयर गर्दै पत्रकार विमल श्रेष्ठले शहरबाट भागेर जाने गाउँको बाटो पनि बन्द भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: १३ चैत २०७६, बिहीबार  १६ : १४ बजे