एनआरएनएले एक करोड बराबरको सामग्री उपलब्ध गराउने

0
Shares

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले एक करोड बराबरको स्वास्थ्यसम्बन्धी सुरक्षा उपकरण नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।

सङ्घको बुधबार बसेको अन्तरराष्ट्रिय कार्यकारी सचिवालय बैठकले विश्वव्यापी रुपमा महामारी रुप लिएको कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित गराउन नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने निर्णय गरेको हो ।

सङ्क्रमणको समयमा स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारका सुरक्षा उपकरण र परीक्षण कीट चीन बेइजिङस्थित नेपाली दूतावासमा उपलब्ध गराइने सङ्घका अध्यक्ष कुमार पन्तले जानकारी दिए।

उक्त सामान खरिद गर्न राष्ट्रिय समन्वय परिषद् चीनका प्रतिनिधिसहितको एक कार्यदलसमेत गठन गरिएको सङ्घका प्रवक्ता डिबी क्षेत्रीले आज जानकारी दिए।

प्रकाशित मिति: १३ चैत २०७६, बिहीबार  २० : ५३ बजे