विश्वको शक्तिशाली राष्ट्र अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित, इटालीपछि स्पेनमा धेरै मरे

0
Shares

विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबार बिहान ११ बजेसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९० जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी ५ लाख ३२ हजार २६३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा १ लाख २४ हजार ३४९ जना उपचारपछि घर फर्किएका छन् भने ३ लाख ८३ हजार ८२४ व्यक्ति हाल उपचाररत छन् । जसमध्ये पाँच प्रतिशत अर्थात १९ हजार ६३५ को अवस्था चिन्ताजनक रहेको छ भने ९५ प्रतिशत अर्थात ३ लाख ६४ हजार १८९ जनामा मध्यम अवस्था रहेको छ। कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म २०० देशमा देखा परिसकेको छ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ।

कोरोना भाइरस सङ्क्रमणबाट इटालीमा सबैभन्दा धेरै ८ हजार २१५ जनाको ज्यान गएको छ। यस्तै स्पेनमा ४ हजार ३६५ जनाले ज्यान गुमाएका छन् । चीनमा ३ हजार २९२ जनाको मृत्यु भएको छ । इरान कोरोनाबाट मृत्यु हुने चौथौं ठूलो दशे बनेको छ। इरानमा यस रोगबाट २ हजार २३४, फ्रान्समा १ हजार ६९६ जना, अमेरिकामा १ हजार ३०० जनाको मृत्यु भैसकेको छ।

यसैगरि बेलायतमा ५७८, नेदरल्याण्डमा ४३४, जर्मनी २६७ जना, बेल्जियम २२० जना, स्वीजरल्याण्ड १९२ जना, र दक्षिण कोरीयामा १३९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।  बाँकी ९७ देशमा १०० भन्दा कम व्यक्ति यस रोगबाट मरेका छन् भने ९१ देशमा रोगको संक्रमण भएपनि हालसम्म मृत्यु भएको छैन।

पछिल्लो दिनमा ४५४ नयाँ स्रक्रमित फेला परेका छन्। जसमा अमेरिकामा सबैभन्दा धेरै १५९ जनामा यो स्रक्रमण देखा परेको छ। दोस्रो मेक्सिकोमा ११०, दक्षिण कोरीयामा ९१, चीनमा ५५, क्यामरुन १३, पाराग्वेमा ११, काजक्स्तान ८, भारत ६, र भुटानमा १ रोगी फेला परेका छन्।

कोरोना भाइरस सङ्क्रमणको आधारमा चीनलाई पछि पार्दै अमेरिकामा सबैभन्दा धेरै संक्रमित बनेका छन्। वोल्डोमिटरको बिहान ११ बजेको तथ्याङ्क अनुसार अमेरिकामा ८५ हजार ५९४ जनामा यो संक्रमण देखिएको छ।चीनमा ८१ हजार ३४० जनामा यो संक्रमण भएको पाइएको छ।

यसैगरि इटालीमा ८० हजार ५८९ जना, स्पेनमा ५७ हजार ७८६, जर्मनीमा ४३ हजार ९३८, इरानमा २९ हजार ४०६, फ्रान्समा २९ हजार १५५, स्वीजरल्याण्ड ११ हजार ८११ र बेलायतमा ११ हजार ६५८ जना र दक्षिण कोरीयामा ९ हजार ३३२ जनामा यो संक्रमण देखिएको छ।

बाँकी २४ देशमा १ हजारभन्दा बढी (कूल ६४ हजार ४४० जना) संक्रमित भेटिएका छन् भने ६३ देशमा १ हजारभन्दा कम १०० भन्दा बढी (कूल २३ हजार ७२४ जना) संक्रमित रहेका छन्। १०० भन्दा कम संक्रमित हुने दशेको संख्या १०३ रहेको छ। यी देशमा कूल २ हजार ४९० स्रक्रमित फेला परेका छन्।

छिमेकी मुलुक भारतमा ७३३ जनामा यो संक्रमण भेटिएको छ । जसमध्ये ६ जना नयाँ बिरामी भेटिएका हुन्। यस रोगबाट शुक्रबारसम्म २० जनाको मृत्यु भएको छ भने ६६ जना निको भएर घर फर्किएका छन्। अझैपनि ६४७ जनामा यो रोग रहेको छ।

नेपालमा कोरोना भाइरस सङ्क्रमण हुनेको संख्या ३ पुगेको छ। ३ मध्ये १ जनालाई यो रोग निको भैसकेको छ भने २ जनामा अझै बाँकी छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु भैसकेको नभएपनि यो रोगको फैलने शक्ति अत्याधिक रहेकाले सबै नेपाली नागरिक बैलैमा सचेत हुन आवश्यक छ।