निजामती कर्मचारीको चैत महिनाको तलब घट्ने

0
Shares

निजामती कर्मचारीले पाउने तलब चैत्र महिनामा घट्ने भएको छ। मन्त्रिपरिषदको चैत ११ गते सम्पन्न बैठकले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको सहयोगार्थ सरकारले चैत महिनाको तलब कट्टी गरेर कर्मचारीको खातामा वितरण गर्ने निर्णय गरेको हो।

निर्णय अनुसार राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीका लागि सुरु तलब स्केलको ७ दिनको तलब बराबरको रकम कट्टी हुने भएको छ।  यसैगरि राजपत्रांकित द्धितीय र तृतीय श्रेणीका कर्मचारीका लागि सुरु तलब स्केलको ५ दिनको तलब बराबरको रकम तथा राजपत्र अनंकित र श्रेणीबिहीन कर्मचारीको लागि सुरु तलब स्केलको ३ दिनको तलब बराबरको रकम सहायता कोषमा जम्मा गरिने भएको हो।

सरकारले विश्वव्यापी रुपमा तीब्र फैलिरहेको कोभिड १९ को रोकथाम तथा नियन्त्रण तथा उपचारका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १९६०००००११०१ नम्बरको खाता सञ्चालनमा ल्याएको छ।

यहि कोषमा निजामति कर्मचारीहरुको चैत महिनाको तलब कट्टटा गरि सिधै कोषको बैंक खातामा रकम जम्मा गर्ने भएको हो। निजी तथा संस्थागत क्षेत्रबाट समेत कोषमा रकम जम्मा हुने क्रम जारी छ।

प्रकाशित मिति: १४ चैत २०७६, शुक्रबार  १४ : १८ बजे