कोरोनाको जोखिम घटाउँन आजैबाट त्याग्नुस् यस्ता पाँच खराब आचरण

0
Shares

विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्नका लागि स्वच्छतालाई विशेष ध्यान दिनु पर्ने स्वास्थ्य विज्ञहरुको सल्लाह छ ।

कोरोना सर्ने मुख्य माध्यम भनेको हात हो । एक अध्ययनले देखए अनुसार मानिसले एक घण्टामा १६ पटक सम्म मुखमा हात लैजान्छन् । त्यसैले हातलाई सफा राख्ने र सकेसम्म हात मुखमा नलैजाने सल्लाह दिन्छन् । दैनिक १५ पटकभन्दा बढि हात धुने वा बारम्बार स्यानिटाइजरको प्रयोग गर्न चिकित्सकको सुझाव छ ।

स्वास्थ्य सम्बन्धी जानकारी दिने साइट हेल्थलाइनमा एक जानकारीमुलक सामग्री राखिएको छ । न्यूयोर्क विश्वविद्यालयका एकजना संक्रमण रोग विज्ञले उल्लेख गरेको सो सामग्रीमा पाँच सुझाव दिइएको छ । उनका अनुसार मानिसहरुमा रहने केहि खराब आचरणले कोरोना भाइरसको जोखिम निम्त्याउँछ ।जोखिम कम गर्नका लागि यी पाँच बानिमा सुधार गर्नु पर्ने उनको सुझाव छ ।

  • नङ तोक्ने बानी तत्काल त्याग्नु पर्छ । अन्यथा नङमा रहने कोरोनाका भाइरस सहजै मानिसको शरीरमा प्रवेश गर्न सक्छ ।
  • बिना कारण आफ्नो अनुहार, नाक, मुख वा आखाँ छोइरहने बानी भएका मानिसले यो बानि त्याग्नु पर्दछ । यसले संक्रमणको जोखिम उच्च पार्दछ ।
  • मुखमा हात लगाइरहने बानी पनि कोरोना सर्ने कारण बन्न सक्छ । त्यसैले जुनसुकै बेलामा मुखमा हात नहाल्नुहोस् । मुखमा हात लगाउनुअघि साबुनपानीले राम्रो संग धुनुहोस् ।
  • जथाभावी जिउ कन्याउने, छुने वा कपाल चलाइरहने र मुख तर्फ लानेमा पनि कोरोना भाइरसको संक्रमण हुने जोखिम रहन्छ । जसका कारण जति नै स्वच्छताको ख्याल राखेपनि यहि आचरणबाट पनि कोरोनाको संक्रमण हुनसक्छ ।
  • चुइगम चपाउने बानी भएका कतिपय मानिसमा बीचमा केहि खानु परे चपाउदै गरेको चुइगम कागज वा केहिमा बाहिर निकालेर राख्ने बानि हुन्छ । यसमा पनि कोरोनाको जोखिम उच्च रहन्छ ।

तपाईमा पनि यी सबै वा यी मध्ये कुनै बानी छन् भने तत्काल हटाउनुहोस् । यो बानी तत्कालका लागि कोारेना संक्रमणबाट सतर्क रहन उपयोगी हुन्छ भने भविष्ण्मा पनि यसले फाइदा नै गर्छ ।