एनआइसी एशियाका कार्डबाहकले मेरो किरानाबाट सामान किन्दा १०% रकम फिर्ता पाउने

0
Shares

एनआइसी एशिया बैंक (NICA) का ग्राहकहरुलाई मेरो किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता पाउने भएका छन् ।

बैंक र मेरो किरानाबीच यस्तो साझेदारी भएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने ईकमर्स साइट मेरो किरानामा साझेदारी बमोजिम एनआइसी एशिया बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त सुविधा पाउनेछन्

मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाइने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

यो योजना चैत मसान्तसम्म लागू हुने बताइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको हो ।

एनआइसी एशिया बैंकको हाल देशभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जालव रहेको छ । बैंकका २१ लाख बढी ग्राहक छन् ।

प्रकाशित मिति: १५ चैत २०७६, शनिबार  १६ : १२ बजे