कोरोना भाइरस राहत कोषमा रतन टाटाले ५ सय करोड भारु सहयोग गर्ने

0
Shares

भारतीय उद्योगपती रतन टाटाले कोरोना भाइसरको विरुद्ध लड्नका लागि ५ सय करोड भारतीय रुपैयाँ बरावरको कोष खडा गरेका छन्। उनले टाटा समुह अन्तर्गतका सबै कम्पनीहरुको संयुक्त रुपमा उक्त रकम सहयोग गर्ने जनाएको हुन् ।

कोषको यो रकम स्वस्थकर्मीका सुरक्षा समाग्री, विमारीको उपचारका लागि, संक्रमण परिक्षण किट खरिद गर्नेका लागि प्रयोग गरिने बताइएको छ ।

रतन टाटाले राहात कोष स्थापनाको घोषणा गर्दै कोरोनासँग लड्न आकस्मिक रुपमा साधारनहरुको उपलब्ध गराउन जरुरी रहेको बताएका छन् । यो मानव जातीलाई नै सबैभन्दा ठूलो चुनौती देखा परेको बताउँदै यसलाइ मिलेर जित्नु पर्ने अवस्था रहेको उल्लेख गरेका छन् ।

टाटाका साथै अन्य भारतीय उद्योगपतिहरुमा पनि कोरोना भाइरसको संकटको समयमा सहयोगका हात अघि बढाएका छन्। आनन्द महिन्द्राले कोरोना संक्रमण भएका व्यक्तिहरुलाई हेरचाह गर्नेका लागि आफ्ना रिसोर्टहरु प्रयोग गर्न दिएका छन् । मुकेस आम्बानीले आइसोलेसन सेन्टरको स्थापना गर्ने तथा माहाराष्ट्र सरकारले बनाएको राहत कोषमा ७ करोड भारु सहयोग गर्ने जनाइसकेका छन्।