लकडाउनमा प्रभु क्यापिटलको निशुल्क डिम्याट सेवा

0
Shares

प्रभु क्यापिटलले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गरेको लकडाउनको अवसरमा विद्यार्थी केन्द्रीत निशुल्क डिम्याट खाता खोल्ने सुविधा ल्याएको छ। क्यापिटलले प्लस टु वा सो भन्दा माथि अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरि यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

शेयर बजारको बारेमा बुझ्न तथा शेयर बजारमा लगानी गर्न चाहने विद्यार्थीलाई शेयर बजारको बारेमा आवश्यक पर्ने जानकारी सहित प्रभु क्यापिटलको नेतृत्वमा प्राइभेट फेसबुक ग्रुप पढ्दै कमाउँदै बनाई सञ्चालनमा ल्याएको छ भने निस्शुल्क डिम्याट खाता सुविधा समेत क्यापिटलले उपलब्ध गराएको हो।

यो सेवा केवल विद्यार्थीहरूको लागि मात्र रहेकाले अन्यलाई भने यसमा आबद्धताका लागि रिक्वेस्ट नगर्न भनिएको छ।  कोरोना महामारीको समयमा अहिले सबै लकडाउनमा बसिराखेका समयमा सुरक्षित रहँदै घरमा रहेका सबै विद्यार्थीहरूको लागि यो लकडाउनको समयमा पूँजी बजारको बारेमा सिक्न तथा बुझ्ना एवं बुझाउन प्रभु क्यापिटल लि. को तर्फबाट यो प्रयास गरिएको क्यापिटलले जनाएको छ।

कोरोना महामारीको बेलामा आफूलाई सुरक्षित राख्दै घरमै बसीबसी यो सुविधा लिन चाहनेहरुले क्यापिटलले उपलब्ध गराएको लिंकमा क्लिक गरी अनलाइनबाट निशुल्क डिम्याट खाता खोली मेरो शेयरको लग इन समेत प्राप्त गर्न सक्नेछन्

निशुल्क डिम्याट खाता खोल्न चाहने विद्यार्थीहरुले अनलाइनमा फारम भर्दा पासपोर्ट साईजको फोटो, दायाबाँया औंठाको छाप, नागरिकताको अगाडि तथा पछाडिको फोटो र आफूले प्रयोग गर्ने हस्ताक्षरको फोटो बनाएर एट्याच्ज्ड गर्नुपर्ने क्यापिटलले जनाएको छ।

यसरी आबद्ध हुनका लागि क्यापिटलले केही प्रकृया तथा शर्तहरू पूरा गर्नुपर्ने जनाएको छ। जुन यस प्रकार रहेको छ।

१.अनलाइन फर्म भरेपछि प्राप्त हुने रिफरेन्स कोड लिएर अहिलेको कोरोना महामारी सक्किएपछि आफ्नो नजिकैको प्रभु बैंकको शाखा वा प्रभु क्यापिटल लि. को कार्यालय कमलादीमा आएपछि खाता एक्टिभ हुनेछ ।

२. फारम भर्दा सबै विवरणहरू साँचो र सही हुनपर्नेछ । बैंक खाता नभएको अवस्थामा विवरणमा ०० राख्न सक्नुहुन्छ । तर खाता एक्टिभ गर्ने अवधिसम्म बैंक खाताको विवरण अनिवार्य हुनुपर्छ ।

३. बैंकको खाता छैन भने खाता खोल्न अब झन् सजिलो छ । बैंक खाताको लागि प्रभु बैंकको नजिकैको शाखामा गएर (प्रभु गुडलक बचत) खाता अन्तर्गत बैंक खाता खोल्न सक्नुहुन्छ । यसरी खाता खोल्दा बैंकले तपाईंहरुलाई निम्नलिखित सुविधाहरु प्रदान गर्नेछ।

४. यसरी खुला गरिएको खातामा शुन्य मौज्दातमा बैंक खाता, ४ वर्षको लागि निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ्ग र इ बैंकिङ्ग सुविधा, खातामा १०० रुपैयाँ बोनस रकम, दुई वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर सुविधा प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: १५ चैत २०७६, शनिबार  २२ : ४५ बजे