चीनले दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान

0
Shares

चीनले दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान गरेको छ।

स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको र छिट्टै आइपुग्ने नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन्।

राजदूत यान्छीले नेपाल ल्याउन लागिएका स्वास्थ्य सामग्रीहरु प्याक गरिएका कार्टुनका फोटा शेयर गर्दै त्यसमा सिचुआन प्रान्तीय सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले चन्दा दिएका आपतकालीन सामाग्रीहरू, पीपीई, थर्मो्मिटरलगायत सामान रहेको जानकारी दिएकी छन्।

प्रकाशित मिति: १६ चैत २०७६, आइतबार  ०७ : ०७ बजे