लक्ष्मी भ्यालु फन्ड–१ को सूचीकरण खारेज

0
Shares

लक्ष्मी भ्यालु फन्ड १ को समयावधि परिपक्क भएपछि कम्पनीको नेप्सेमा सूचीकरण खारेज गरिएको छ।

चैत ११ गते मंगलबारदेखि योजना अवधि समाप्त भएको हो। यससँगै फण्डको नेप्सेमा लक्ष्मी भ्यालु फन्ड १ को इकाई कारोबार बन्द भएको छ।
यसअनुसार चैत ९ गतेसम्म इकाई खरीद गरी कायम लगानीकर्ताले योजना खारेजी पश्चातको प्रतिफल पाउनुछन्।

नेप्सेमा फण्डको अन्तिम कारोबार प्रतिइकाई ९ रुपैयाँ ६४ पैसामा भएको छ।

प्रकाशित मिति: १६ चैत २०७६, आइतबार  ०८ : ५१ बजे