राष्ट्र बैंकद्धारा काउन्टर साइक्लिकल बफरको व्यवस्था स्थगित

0
Shares

नेपाल राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरको ब्यवस्था स्थगन गरेको छ । कोरोना भाइरसका कारण अर्थतन्त्रमा समस्या बढ्न सक्ने भएकाले बैंकहरुलाई चलायमान बनाई राख्न काउन्टर साइक्लिकल बफर स्थगन गरेको केन्द्रीय बैंकले जनाएको छ ।

आर्टिकल फोरको आइएमएफको टोलीले समेत वित्तीय क्षेत्रमा जोखिम बढेको हुनाले जोखिम न्यूनिकरण गर्नका लागि काउन्टर साइक्लिकल बफर बढाउनुपर्ने सुझाव दिएको थियो । तर, बैंकहरुले भने आर्थिक वृद्धिका लागि मौद्रिक नीतिले तोकेको भन्दा धेरै कर्जा प्रवाह भएको खण्डमा काउन्टर साइक्लिकल बफर बढाउनुपर्ने बताउँदै आएका थिए ।

अहिलेको समयमा नेपाली बैंकिङ क्षेत्रले मौद्रिक नीतिले तोकेको निजी क्षेत्रको कर्जा तर्फको सीमा नाघेको अवस्था नभएकाले काउन्टर साइक्लिकल बफर बढाउन आवश्यक नरहेको बैंकहरुको भनाई छ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत नगरेको काउन्टर साइक्लिकल बफर बढाउने व्यवस्था कोरोना असरपछि केन्द्रीय बैंकले आइतबार आएर स्थागन गरेको हो ।