घर भाडा मिनाहा दिने घरबेटीलाई घर बाहाल कर छुट

0
Shares

सरकारले घर वाहाल मिनाहा दिने घरबेटीको घर बाहाल कर नलिने भएको छ। मन्त्रिपरिषदको आइतबार बेलुका बसेको बैठकले घरधनीलाई १ महिनाको घरभाडा मिनाहा गर्न आग्रह गर्दे घरभाडा नलिनेलाई घरबाहल कर छुट दिने जनाएको हो।

विश्वभर फैलिएको कोभिड १९ विश्वभर फैलिएको कोभिड १९ को असरबाट घरभाडामा बस्नेहरु थप प्रभावित भएको जनाउँदै सरकारले घरधनीहरुलाई घरभाडा मिनाहा गर्न आग्रह गर्ने निर्णय गरिएको अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए।

कोरोना भाइरसको रोकथामका लागि घरधनीहरुले पनि आफ्नो तर्फबाट भाडामा बस्नेहरुलाई सहयोग गर्दै प्रभावितसँग एक महिनाको भाडा नलिन सरकारको आग्रह गरेको छ ।

घरधनीले भाडामा लिएर उठेको रकमको १० प्रतिशत रकम राजस्व बुझाउनुपर्छ भने दुई प्रतिशत रकम स्थानीय निकायलाई करको रुपमा बुझाउनुपर्छ। भाडामा बस्ने र घरधनीबीच सामान्य मौखिक समझदारी भएर भाडा लिने, दिने र बढाइने गरिँदै आइरहेकाले अहिले पनि धेरै घरबेटीहरुले बहाल कर भने तिर्ने गरेका छैनन्। अहिले पनि ७० प्रतिशतले घर वाहल कर तिर्ने नगरेको बताइन्छ।

महानगर पालिका भित्र घर भएका व्यक्ति विदेश जानका लागि घर बहाल कर, बत्ती, पानी र अन्य महानगरबाट लिइने सुविधाको पनि कर चुक्ता गर्नुपर्ने भएकाले घर बहाल कर सङ्कलनमा केही वृद्धि भने हुँदै आइरहेको छ।