कोरोनाबाट अर्थतन्त्र सखाप भएपछि जर्मनका अर्थमन्त्रीले गरे आत्महत्या

0
Shares

कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्र तहसनहस भएको भन्दै जर्मनको हेसे प्रान्तका अर्थमन्त्री थमश साफरले शनिवार आत्महत्या गरेका छन्।

उनको शव रेलको लिग छेउमा भेटिएको समाचार संस्था पिटिआइले उल्लेख गरेको छ।

प्रहरी र अभियोजन अधिकारीहरुले प्रारम्भिक अनुसन्धानबाट थोमसले आत्महत्या गरेको निष्कर्ष निकालिएको बताएका छन् ।

१० वर्षदेखि आर्थिक मामलामा काम गर्दै आएका ५४ वर्षिया शाफरको शनिबारै मृत्यु भएपनि जानकारी भने आइतबार मात्र दिइएको छ। हेसेका प्रिमियर भोल्करले आइतबार मात्रै मृत्युको जानकारी दिए। जर्मनीको अर्थतन्त्रलाई माथि उकास्न उनको ठूलो भूमिका रहेको भोल्करले बताएका छन् ।

कोरोनाका कारण अर्थतन्त्रमा परेको असरले धेरै दुखी थिए भने घाटा तथा समस्या भोगिरहेका कम्पनी र कामदारहरूलाइ सहयोग समेत गरिरहेका थिए ।

साफर अर्थमन्त्री रहेका हेसे प्रान्तमा जर्मनको ठूलो शहर फ्रेंकफट र यूरोपको केन्द्रीय बैंक पनि रहेको छ ।

जर्मनीमा कोरोनाभाइरसका कारण ६२ हजारभन्दा बढी मानिस संक्रमित हुनुका साथै करिब ६०० व्यक्तिको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: १७ चैत २०७६, सोमबार  १० : ३३ बजे