चीनबाट आएका उपचार सामाग्री सातै प्रदेशमा पुग्यो

0
Shares

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरना भाइरसका संक्रमितहरूको उपचारका निम्ति सरकारले चीनबाट जहाजमा कार्गो गरी ल्याएको स्वास्थ्य सामग्री सोमबार साँझसम्म देशका सात वटै प्रदेशहरूमा पुर्याइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहहाकार सुर्य थापाले प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली सेनाको स्काई ट्रकबाट प्रदेश नं २, वागमती, गण्डकी र प्रदेश नं ५ मा सडक यातायातबाट नै सामग्री पु(याइएको जानकारी दिए।

यसैगरि उक्त सामाग्रीहरु प्रदेशका मुख्यमन्त्रीहरूलाई हस्तान्तरण गरिएको छ। उक्त सामग्री सम्बन्धित प्रदेशको योजना मुताविक अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मीहरूको प्रयोगमा उपलब्ध हुने बताइएको छ ।

नेपाल वायु सेवा निगमको वाइड बडी जहाजमार्फत चीन चीनको ग्वाङ्जाओबाट आइतबार एक लाख पीपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण लगायतका स्वास्थ्य सामग्री ल्याइएको थियो।

यस्तै चिनियाँ दूतावासले कोभिड–१९ को रोकथाम तथा उपचारजन्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तर गरेको थियो।चीनका प्रसिद्ध व्यापारी ज्याक माको अलिबाबा र ज्याक मा फाउण्डेसनसहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पठाएको सहयोग राजदूतले हस्तान्तरण गरेको हो।

प्रकाशित मिति: १८ चैत २०७६, मंगलबार  ०८ : ५३ बजे