पूर्वराजाद्वारा कोरोना कोषमा दुई करोड सहयोग

0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि दुई करोड रुपैयाँ सहयोग गरेका छन्। उनले आफ्नो तर्फबाट हिमानी कोष मार्फत दुई करोड मार्फत नेपाल सरकारको ‘कोरोना भाइरस सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा उपलब्ध हुने जानकारी दिए।

पूर्वराजा शाहले जोखिम नियन्त्रणका लागि गरिएको लकडाउन बाध्यात्मक अनिवार्यता भएकाले यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको बताएका छन्।

कोभिड–१९ का सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै उनले विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सम्यता र विकासलाई नै गम्भीर चुनौती दिएको उल्लेख गरेका छन्।

पूर्वराजा शाहले भनेका छन्, “आमनेपालीले यस दुःखको घडीमा अभाव र समस्या सहेर पनि यसविरुद्ध लड्न जुन अनुशान र धैर्यता दर्शाउनुभएको छ, त्यसको हामी उच्च सराहना गर्छौं ।”

राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउनत सरकारी र गैरसरकारी सबै पक्षबाट समन्वयकारी ढङ्गबाट मानवीय सेवामा सहयोगमा भइरहेको कामको प्रशंसा गर्दै उनले यसलाई अझै प्रभावकारी तुल्याउन अनुरोध गरेका छन्।