एनआईसी एशिया बैंकले आज यी ३५ स्थानबाट दिँदैछ बैंकिङ्ग सेवा

0
Shares

सरकारले गरेको दुई साताव्यापी लकडाउनको नवौं दिन चैत १९ गते बुधबार निजी क्षेत्रको एनआईसी एशिया बैंकले ३५ शाखा कार्यालयल मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ।

बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टाकाउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, सम्पर्क व्यक्ति र मोबाइल नम्बर उपलब्ध गराएको छ।

बैंकका अनुसार आज प्रदेश नम्बर १ का ९ शाखा, प्रदेश नम्बर २ का ११ शाखा, वाग्मती प्रदेशका ९ शाखा, गण्डकी प्रदेशका १ शाखा, प्रदेश नम्बर ५ का १ शाखा, कर्णाली प्रदेशका एक शाखा र सुदूर पश्चिम प्रदेशका ३ शाखा कार्यालय खुला गर्ने जनाएको हो।

साथै बैंकले लकडाउनको समयमा ग्राहकहरुलाई घरमै बसि डिजिटल बैंकिङ्ग (मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम) प्रयोग गरि कारोबार गर्न समेत आग्रह गरेको छ।