इजरायली प्रधानमन्त्री नेतन्याहूलाई कोरोना संक्रमण देखिएन

0
Shares

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई कोरोना भाइरसको संक्रमण नदेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन् । तर, प्रधानमन्त्री नेतन्याहू क्वारेन्टाइनमै बस्ने भएका छन् ।

प्रधानमन्त्री नेतन्याहूका सल्लाहकार र उनका पतिलाई अघिल्लो दिन स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

स्वास्थ्य परीक्षणको नतिजा प्राप्त भएसँगै देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले इजरायली जनतालाई एउटा उदाहरण प्रस्तुत गर्नकै लागि पनि आफू स्वेच्छिक क्वारेन्टाइनमा बस्न लागेको बताएका छन् ।

ठट्यौली शैलीमा प्रधानमन्त्री नेतन्याहूले भनेका छन्, “क्यामेराम्यान साथीहरुले पनि ६ मिटर टाढैबाट मेरो दैनिकीलाई पछ्याउनु भएको छ।”

इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर संक्रमण पुष्टी भएका व्यक्तिको संख्या ५ हजार ३५८ पुगेको जनाएको छ भने २० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: १९ चैत २०७६, बुधबार  ०९ : ४० बजे