कोरोनाबाट ४३ हजारको ज्यान गयो, पौन ९ लाख संक्रमित

0
Shares

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट विश्वभरीमा ४३ हजार १२३ जनाको ज्यानको ज्यान गएको छ भने संक्रमित हुनेको संख्या ८ लाख ६८ हजार ९९७ जना पुगेको छ। २०५ देशमा यो रोग फैलिसकेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार साढे ३ बजेसम्ममा १ लाख ८२ हजार ५२१ निको भएर घर फर्किएका छन्। अझै संक्रमित रहेका ६ लाख ४३ हजार ३५३ मध्ये ३३ हजार ४५६ को अवस्था संवेदनसिल रहेको छ भने ६ लाख ९ हजार ८९७ को अवस्था सामान्य रहेको छ।

हालसम्म विश्वको सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको शक्तिशाली राष्ट्र अमेरिकामा नै सबैभन्दा धेरै ६२ नयाँ सहित कूल १ लाख ८८ हजार ५९२ जना संक्रमित भएका छन् भने ७ हजार २५१ जना निको भएर घर फर्किएका छन्। यस रोगबाट अमेरिकामा पछिल्लो ३ सहित ४ हजार ५६ जनाले आफ्नो मृत्युवरण गर्नुपरेको अवस्था छ।

संक्रमणका आधारमा दोस्रो रहेको इटालीमा १ लाख ५ हजार ७९२ र स्पेनमा १ लाख २ हजार बढी संक्रमणको शिकार बनेका छन् भने चीन, जर्मनी, फ्रान्स इरान, बेलायत, स्वीजरल्याण्ड, बेल्जियम, टर्की, नेदरल्याण्ड र अष्ट्रियामा १० हजारदेखि ९५ हजारसम्म संक्रमित बनेका छन्।

इटालीमा सबैभन्दा धेरै १२ हजार ४२८ ले मृत्युवरण गरेका छन् भने स्पेनमा ५८९ नयाँ सहित ९ हजार ५३, फ्रान्समा ३ हजार ५२३, चीनमा ७ नयाँ सहित ३ हजार ३१२, इरानमा २ हजार ८९८, बेलायतमा १ हजार ७८९, र नेदल्याण्डमा १ हजार ३९ जनाको कोभिड १९ को कारण ज्यान गएको छ।

छिमेकी राष्ट्र भारतमा १९३ नयाँ सहित कूल संक्रमित १ हजार ५९० पुगेको छ भने १० जना सहित ४५ जनाले मृत्युवरण गरेका छन्। १४८ जनालाई निको भएको छ भने १ हजार २९७३ जनामा अझै यो रोगको संक्रमण छ।

नेपालमा जवरी २३ तारिखमा पहिलो संक्रमण फेला परेकोमा हालसम्म नेपालमा १ हजार ६० वटा कोरोना परिक्षण भएकोमा ५ जनामा यो रोगको पुष्टि भएको छ। १ जनालाई निको भएको छ भने ४ जनामा अझै यो संक्रमण निको भएको छैन। नेपालमा कुनैपनि व्यक्ति यस रोगको शिकार हुनु नपरेकाले बैलैमा यसबाट बच्न लकडाउनको पालना गरि घरमै बस्न आवश्यक देखिन्छ।