सञ्चय कोषको अध्यक्षमा पुडासैनी नियुक्त

0
Shares

कर्मचारी सञ्चय कोषको अध्यक्षमा सरकारले अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीलाई नियुक्त गरेको छ । पुडासैनीले बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाबाट अध्यक्षको पद तथा गोपनियताको शपथ लिएका छन्।

चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई कोषको अध्यक्षको रुपमा नियुक्त गरेको थियो । यसअघि कोषको अध्यक्षमा शिशिरकुमार ढुंगाना रहेका थिए।

कोषको अध्यक्षमा सरकारले तोकेको कुनै एकजना व्यक्ति हुनसक्ने प्रवाधान रहेको छ। यद्यपी बहालबाला सचिवलाई नै त्यससको जिम्मेवारी दिने गरिएको छ ।