कुमारी बैंकको कोरोना नियन्त्रण कोषमा ७० लाख रुपैयाँ सहयोग

0
Shares

कुमारी बैंकले हरेक प्रदेशबाट १० लाख रुपैयाँका दरले कुल ७० लाख रुपैयाँ सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा सहयोग गर्ने भएको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विश्वव्यापी फैलिएको कोभिड १९ महामारीको रोकथामका निमित्त सातवटै प्रदेश सरकारको कोषमा १० लाख रुपैयाँका दरले उक्त सहयोग उपलब्ध गराउने जनाएको छ ।

बैंकको उक्त सहयोग मार्फत कोरोना भाइरस रोकथाम तथा नियन्त्रण साथै न्यून आम्दानी भएका अति विपन्न, सीमान्तकृत परिवारलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग हुनेमा बैंकले विश्वास लिएको छ ।

बैंकका गण्डकी प्रदेश प्रमुख नवीन राज पौडेलले चैत १८ गते मंगलबार प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १० लाख रुपैयाँ रकम हस्तान्तरण गर्दै सहयोग प्रक्रिया शुभारम्भ गरेको बैंकले जानकारी दिएको छ ।