कोरोनाबाट ४७ हजारको ज्यान गयो, करिब साढे ९ लाख संक्रमित

0
Shares


विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट विश्वभरीमा बिहीबार १० बजेसम्म ४७ हजार २४५ जनाको ज्यानको ज्यान गएको छ भने संक्रमित हुनेको संख्या ९ लाख ३६ हजार ४५ जना पुगेको छ। २०५ देशमा यो रोग फैलिसकेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार १ लाख ९४ हजार ६७६ निको भएर घर फर्किएका छन्। अझै ६ लाख ९४ हजार २२४ जना संक्रमित रहेका छन्। जसमध्ये ३५ हजार ६१० को अवस्था संवेदनसिल रहेको छ भने ६ लाख ५८ हजार ६१४ को अवस्था सामान्य रहेको छ।

हालसम्म विश्वको सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको शक्तिशाली राष्ट्र अमेरिकामा नै सबैभन्दा धेरै २ लाख १५ हजार ३०० जना संक्रमित भएका छन् भने ८ हजार ८७८ जना निको भएर घर फर्किएका छन्। यस रोगबाट अमेरिकामा पछिल्लो ५ हजार ११० जनाले आफ्नो मृत्युवरण गर्नुपरेको अवस्था छ।

संक्रमणका आधारमा दोस्रो रहेको इटालीमा १ लाख १० हजार र स्पेनमा १ लाख ४ हजार बढी संक्रमणको शिकार बनेका छन् भने चीन, जर्मनी, फ्रान्स इरान, बेलायत, स्वीजरल्याण्ड, टर्की, बेल्जियम, नेदरल्याण्ड र अष्ट्रियामा १० हजारदेखि ८१ हजारसम्म संक्रमित बनेका छन्।
इटालीमा सबैभन्दा धेरै १३ हजार १५५ ले मृत्युवरण गरेका छन् भने स्पेनमा ९ हजार ३८७, फ्रान्समा ४ हजार ३२, चीनमा ३ हजार ३१२, इरानमा ३ हजार ३६, बेलायतमा २ हजार ३५२, र नेदल्याण्डमा १ हजार १७३ जनाको कोभिड १९ को कारण ज्यान गएको छ।

छिमेकी राष्ट्र भारतमा १ हजार ९९८ पुगेको छ भने ५८ जनाले मृत्युवरण गरेका छन्। १४८ जनालाई निको भएको छ भने १ हजार ७९२ जनामा अझै यो रोगको संक्रमण छ।

हालसम्म नेपालमा १ हजार १४५ वटा कोरोना परिक्षण भएकोमा ५ जनामा यो रोगको पुष्टि भएको छ। १ जनालाई निको भएको छ भने ४ जनामा अझै यो संक्रमण निको भएको छैन। नेपालमा कुनैपनि व्यक्ति यस रोगको शिकार हुनु नपरेकाले बैलैमा यसबाट बच्न लकडाउनको पलना गरि घरमै बस्न आवश्यक देखिन्छ।

प्रकाशित मिति: २० चैत २०७६, बिहीबार  १० : २६ बजे