सुदूर पश्चिममा एकैदिन भेटियो तीन कोराना संक्रमित

सुदूर पश्चिममा एकैदिन भेटियो तीन कोराना संक्रमित

शनिबार एकैदिन सुदूर पश्चिममा तीन जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको संक्रमित नयाँ तीन जनामा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, र कैलालीको ३४ वर्षीय महिला जो यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन्।

यससँगै नेपालमा पहिलो पटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या ९ पुगेको छ। १ जनालाई भने निको भैसकेको छ भने ८ जनामा अझै संक्रमण बाँकी छ।

प्रकाशित मिति: २२ चैत २०७६, शनिबार १३ : ३५ बजे