ग्लोबल आईएमई बैंकले सोमबार खोल्दैछ ४३ शाखा

0
Shares

वाणिज्य बैंकरुमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी रहेको ग्लोबल आईएमई बैंक (GBIME) ले लकडाउनको चौधौं दिन चैत २४ गते सोमबार ४३ वटा शाखा कार्यालय मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ।

बैंकका अनुसार आज प्रदेश नम्बर १ का ४ शाखा, प्रदेश नम्बर २ का ७ शाखा, वाग्मती प्रदेशका ८ शाखा, गण्डकी प्रदेशका ७ शाखा, प्रदेश नम्बर पाँचका ६ शाखा, कर्णाली प्रदेशका ६ शाखा र सुदूर पश्चिम प्रदेशका ५ शाखा कार्यालय खुला गर्ने जनाएको हो।

बैंकले धेरैजसो बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा काउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। काठमाण्डौं र्कीतिपुर र सिन्धुपाल्चोक चौतारा शाखा १० देखि १२ बजेसम्म र सिन्धुपाल्चोक बाह्रबिसे शाखा ११ देखि १२ बजेसम्म खुला हुने बैंकले जनाएको छ। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, उपलब्ध गराएको छ।