नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

0
Shares

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

उनलाई सरकारले राष्ट्र बैंकको १७ औं गभर्नरका रुपमा आगामी ५ बर्षका लागि नियुक्त गरेको हो ।

राष्ट्र बैंकको पूर्वडेपुटी गभर्नर भैसकेका अधिकारी चार्टर्ड एकाउन्टेन्टस् पनि हुन । राष्ट्र  बैंकमा ३० वर्ष सेवा गरेका अधिकारीको पहिचालन नेपाल बंलादेश बैंकको व्यवस्थापन केन्द्रीय बैंकले लिदा उनी संयोज थिए ।

समस्यामा आएको नेपाल बैंलादेश बैंकलाइ व्यूताउनका ठुलो भुमीका खेलेका अधिकारी यसअघि पनि गभर्नरका लागि सिफारिस भएका थिए । अधिकारीको इन्भेष्टमेन्ट बोर्डको ४ वर्षको अवधिमा पनि आगमी केही महिनामा समाप्त हुदैछ ।

अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले आगामी गभर्नरका लागि बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनालको नाम सिफारिस गरेको थियो।