गभर्नर नियुक्ती सन्दर्भमा शेयरलगानीकर्ता -‘उचित ठाउँमा उपयुक्त व्यक्ति’

0
Shares

शेयर लगानीकर्ता संघ नेपालले गभर्नर नियुक्तको स्वागत गर्दै नयाँ गभर्नरको नियुक्तीले नेपालको पूँजीबजारको विकास र विस्तारमा कोसेढुंगा सावित हुने विश्वास र आशा व्यक्त गरेको छ।

संघले लामो समय सम्म नेपाल राष्ट्र बैंकमा नै सेवा गरि डेपुटी गभर्नर बाट सेवा निवृत्त भएका महाप्रसाद अधिकारीलाई गभर्नर जस्तो पदमा नियुक्ति गरिनु “उचित ठाउँमा उपयुक्त व्यक्ति “ भएको बताएको छ ।

विगतमा राष्ट्र बैंकमा दशकौं वर्षको कार्य कालको अनुभव भएको र राष्ट्र बैंकको हरेक पक्ष संग अभ्यस्त भै भित्र के कस्तो वातावरण छ भन्ने अत्यन्तै व्यवहारिक ज्ञान भएका अधिकारी गभर्नर भएपछि संघले खुशि व्यक्त गर्दै नेपालको अर्थतन्त्रलाई उच्च सकारात्मक बाटोमा पुर्याउन अधिकारीको कार्यकाल सुवर्ण युगमा रूपान्तरण होस भन्ने आशा समेत व्यक्त गरेको छ।

विश्वलाई नै कोरोना भाईरस (कोभिड-१९) ले मानवीय क्षति गर्दै आक्रान्त र त्रसित बनाई रहेको वर्तमान अवस्थामा विश्व अर्थतन्त्र संगै नेपालको अर्थतन्त्र पनि अछुतो रहन नसक्ने कुरा सर्व्विदितै छ। यस्तो विषम परिस्थितिमा नेपाल राष्ट्र बैंकको गभर्नर जस्तो महत्वपूर्ण पद धेरै समय सम्म खालि रहनु कदापि सुखद क्षण थिएन। गभर्नर जस्तो पदको हालको आवश्यकता र जिम्मेवारीलाई महशुस गरि नेपाल सरकार बाट आज महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गरेकोमा नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहान्छौं। संघको विज्ञप्तिमा उल्लेख छ ।